१ शमूएल 17:37-40
१ शमूएल 17:37-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्।” तब शाऊलले दाऊदलाई आफ्नै लबेदा पहिराइदिए, अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए। तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन। तिनले शाऊललाई भने, “यी लगाएर म जान सक्दिनँ, किनभने यी लगाउने मेरो बानी छैन।” तब तिनले ती फुकाले। त्यसपछि तिनले आफ्नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गा छाने, र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीसँग लड्नलाई गए।
१ शमूएल 17:37-40 पवित्र बाइबल (NERV)
परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।” शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
१ शमूएल 17:37-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनुभएको छ, उहाँले नै मलाई यस पलिश्तीबाट पनि बचाउनुहुनेछ।” शाऊलले उत्तर दिए, “लौ, हुन्छ तँ जा, परमप्रभु तँसित होऊन्।” तिनले आफ्नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए। दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्ने चेष्टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्दिनँ। मलाई यस्तो बानी छैन।” तिनले कवच खोले। तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।