१ शमूएल 17:36-37
१ शमूएल 17:36-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले सिंह र भालू दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्तीको दशा तिनीहरूकोभन्दा असल हुनेछैन, किनकि त्यसले जीवित परमेश्वरको सेनालाई विरोध गरेको छ। सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्।”
१ शमूएल 17:36-37 पवित्र बाइबल (NERV)
मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ। परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”
१ शमूएल 17:36-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले सिंह र भालुहरू मारेको छु र यो बेखतने पलिश्तीलाई पनि त्यसरी मार्नेछु। त्यसले जीवित परमेश्वरको सेनालाई तुच्छ ठानेको छ। परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनुभएको छ, उहाँले नै मलाई यस पलिश्तीबाट पनि बचाउनुहुनेछ।” शाऊलले उत्तर दिए, “लौ, हुन्छ तँ जा, परमप्रभु तँसित होऊन्।”