YouVersion लोगो
खोज आइकन

१ शमूएल 14:1-15

१ शमूएल 14:1-15 पवित्र बाइबल (NERV)

एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन। शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए। एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए। यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्। वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो। एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो। जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।” जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।” जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं। यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं’ भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं। तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढ्छौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।” यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।” किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।” जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।” जोनाथन हात खुट्टा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिश्तीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिश्तीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाई गरिनै रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे। मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।

शेयर गर्नुहोस्
१ शमूएल 14 पढ्नुहोस्

१ शमूएल 14:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एक दिन शाऊलका छोरा जोनाथनले आफ्‍ना हतियार बोक्‍ने जवान मानिसलाई भने, “आऊ, हामी त्‍यो डाँड़ाको पल्‍लोपट्टि भएको पलिश्‍तीहरूको चौकीतिर जाऔं।” तर तिनले यो कुरा आफ्‍ना पितालाई भनेनन्‌। त्‍यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्‍नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए। तीमध्‍ये अहीतूबका छोरा शीलोमा परमप्रभुका पूजाहारी एलीका छोरा पीनहासका छोरा ईकाबोदको भाइ अहियाह पनि थिए, जसले एपोद लगाएका थिए। जोनाथन गएका कसैलाई थाहा थिएन। घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्‍तीहरूको चौकीमा जान चाहेका थिए, त्‍यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए। तीमध्‍ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो। जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूको चौकी हेर्न जाऔं। शायद परमप्रभुले हामीलाई मदत दिनुहुनेछ। हामीलाई बचाउनुदेखि कुनै कुराले उहाँलाई रोक्‍न सक्‍दैन, चाहे हामी धेरै होऔं चाहे थोरै।” तिनका हतियार बोक्‍ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्‍छ, गर्नुहोस्‌। अगि बढ्‌नुहोस्‌। तपाईं जे गर्नुहुन्‍छ म तनमनले तपाईंलाई साथ दिन्‍छु।” जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्‌। यदि ‘हामी नआउञ्‍जेल तिमीहरू त्‍यहीँ बसिरह’ भनी उनीहरूले भन्‍छन्‌ भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं। तर यदि उनीहरूले ‘यहाँ हामीकहाँ उक्‍लेर आओ’ भनेर भन्‍छन्‌ भने, हामी उक्‍लेर जाऔं, किनभने परमप्रभुले उनीहरूलाई हाम्रा हातमा सुम्‍पिदिनुभएको रहेछ भन्‍ने त्‍यो हाम्रा लागि एउटा चिन्‍ह हुनेछ।” यसैकारण तिनीहरू पलिश्‍तीहरूकहाँ देखा परे। अनि पलिश्‍तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्‍वालहरूबाट निस्‍कँदैछन्‌।” उनीहरूले जोनाथन र तिनका हतियार बोक्‍ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्‍लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।” जोनाथनले आफ्‍ना हतियार बोक्‍नेलाई भने, “मेरो पछि उक्‍लेर आऊ। परमप्रभुले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुभएको रहेछ।” तब जोनाथन चार हात-खुट्टा टेक्‍दै माथि चढ़े, अनि तिनका हतियार बोक्‍ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्‍तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्‍नेले उनीहरूलाई खतम पार्‍यो। पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्‍नेले उनीहरूका प्राय: बीस जनालाई मारे। तब छाउनी र रणभूमिमा भएको जम्‍मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्‌नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्‍यो, र उनीहरूमा आतङ्क बढ़्यो।

शेयर गर्नुहोस्
१ शमूएल 14 पढ्नुहोस्

१ शमूएल 14:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक दिन जोनाथनले आफ्‍नो हतियार बोक्‍ने केटालाई भने, “आऊ, हामी पारिपट्टि पलिश्‍तीहरूका छाउनीमा जाऔं।” तर जोनाथनले त्‍यो कुरा आफ्‍ना बुबा शाऊललाई भनेनन्। शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए। (एपोद बोक्‍ने पूजाहारीचाहिँ ईकाबोदको भाइ अहीतूबको छोरा अहियाह थिए। अहीतूब पीनहासको छोरो अनि शीलोमा रहेका परमप्रभुको पूजाहारी एलीका नाति थिए।) जोनाथन गएको मानिसहरूले थाहा पाएनन्। मिकमाशको घाटीको, जुन बाटो भएर जोनाथन पलिश्‍तीहरूका छाउनीमा पुग्‍नुपर्थ्‍यो, दुई वटा चोसो निस्‍केका चट्टानहरू घाटीका दुईपट्टि उठेका थिए। एउटा चट्टानको नाम बोसेस र अर्काको नाम सेनेह थियो। एउटा चट्टान घाटीको उत्तरपट्टि मिकमाशतिर र अर्को दक्षिणपट्टि गेबातिर फर्केका थिए। जोनाथनले त्‍यस जवान मानिसलाई भने, “हामी पारिपट्टि ती मूर्ति पुज्‍ने पलिश्‍तीहरूका छाउनीमा जाऔं। हुन सक्‍छ, परमप्रभुले हाम्रो मद्दत गर्नुहुन्‍छ र उहाँले मद्दत दिनुभयो भने हामी जति नै थोरै सङ्‍ख्‍यामा भए पनि कुनै कुराले हामीलाई विजय पाउनदेखि रोक्‍न सक्‍नेछैन।” त्‍यस केटाले उत्तर दियो, “जे तपाईं गर्न चाहनुहुन्‍छ, त्‍यसमा म तपाईंलाई साथ दिनेछु।” जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्‍तीहरूकहाँ देखा पर्नेछौं। यदि तिनीहरूले ‘तिमीहरू त्‍यहीँ पर्ख हामी आउँदै छौं’ भनेर हामीलाई भन्‍छन् भने हामी जहाँ हुन्‍छौं, त्‍यहीं पर्खनेछौं। तर तिनीहरूले आफू भएका ठाउँमा हामीलाई बोलाए भने हामी त्‍यसै गर्नेछौं किनभने त्‍यो परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभएको छ भन्‍ने कुराको चिन्‍ह हुनेछ।” यसर्थ तिनीहरू पलिश्‍तीकहाँ देखा परे र पलिश्‍तीहरूले भने, “हेर, कोही-कोही हिब्रूहरू आफू लुकेका दुलाहरूबाट निस्‍की आउँदै छन्!” तब तिनीहरूले जोनाथन र त्‍यस केटालाई कराएर भने, “तिमीहरू यहाँ आओ! हामीसित तिमीहरूलाई भन्‍नुपर्ने केही कुरा छन्!” जोनाथनले त्‍यस केटालाई भने, “मेरो पछि-पछि आऊ। परमप्रभुले इस्राएललाई तिनीहरूमाथि विजय दिनुभएको छ।” जोनाथन हात र घुँडा टेकी घाटीबाट उक्‍ली उँभो आए र जोनाथनको पछि-पछि त्‍यो केटा पनि आयो। जोनाथनले हमला गरेर पलिश्‍तीहरूलाई ढाले र त्‍यो केटाले तिनीहरूलाई मार्‍यो। त्‍यो पहिलो संहारमा मार-काट हुँदा जोनाथन र त्‍यो केटाले प्राय: बीस जना मानिसहरूलाई चार रोपनीजस्‍तो क्षेत्रफलभित्र मारे। गाउँ-बस्‍तीमा बास गर्ने सबै पलिश्‍तीहरू डराए, छाउनीमा बसेका छापामार र सिपाहीहरू डरले काँमे, पृथ्‍वी हल्‍लियो र एउटा ठूलो आतङ्क मच्‍चियो।

शेयर गर्नुहोस्
१ शमूएल 14 पढ्नुहोस्