१ शमूएल 13:11-12
१ शमूएल 13:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शमूएलले भने, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, र तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, र पलिश्तीहरू मिकमाशमा जम्मा हुँदैथिए, अनि मैले यही विचार गरें कि पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्ति बिन्ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्य भएको अनुभव गरें।”
१ शमूएल 13:11-12 पवित्र बाइबल (NERV)
शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?” शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए। मैले सोचें, ‘पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।’”
१ शमूएल 13:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर शमूएलले भने, “यो तिमीले के गर्यौ?” शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्नुभएन। त्यसबाहेक पलिश्तीहरू मिकमाशमा जम्मा हुँदै छन्। यसकारण मैले यस्तो विचार गरें, पलिश्तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्टि पाउने चेष्टा गरेकै छैन। यसकारण मलाई लाग्यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।”