१ शमूएल 10:1-8
१ शमूएल 10:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ। जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’ “तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्। तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू। “त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ। अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ। जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्वर तिमीसँग हुनुहुन्छ। “अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्नू।”
१ शमूएल 10:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शमूएलले एक ढुँग्रो तेल लिएर शाऊलको शिरमा खन्याइदिए, अनि उनलाई चुम्बन गरेर भने, “परमप्रभुले तपाईंलाई आफ्नो प्रजा इस्राएलमाथि राजा अभिषेक गर्नुभएको छ। आज जब तपाईं मसित बिदा भएर जानुहुन्छ, तब तपाईंले बेन्यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्ति फिक्री गर्न छोड़ेर तपाईंको निम्ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्बार भन्दैहुनुहुन्छ’। “त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्। तीमध्येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्। तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ। “यसपछि तपाईं परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिश्तीहरूको चौकी छ। जसै तपाईं सहरको नजिक पुग्नु हुनेछ, तपाईंले डाँड़ाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अगिअगि खैँजड़ी, बाँसुरी र वीणा बजाउँदैआइरहेको भेट्टाउनुहुनेछ, अनि तिनीहरूले अगमवाणी बोलीरहेका हुनेछन्। तब परमप्रभुका आत्मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्लिनुहुनेछ। जब यी चिन्हहरू पूरा हुनेछन् तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुनेछ। “तपाईं मेरो अगि गिलगालमा झर्नुहोस्, र म होमबलि र मेलबलि चढ़ाउनलाई तपाईंकहाँ आउनेछु। तर म तपाईंकहाँ नआउञ्जेल तपाईं सात दिनसम्म पर्खनुपर्नेछ। तब म आएर तपाईंले के गर्नुपर्नेछ सो बताइदिनेछु।”

१ शमूएल 10:1-8 पवित्र बाइबल (NERV)
शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’” तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ। “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”
१ शमूएल 10:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि शमूएलले जैतुनको तेलको एउटा ढुङ्ग्रो लिएर शाऊलको शिरमा खन्याइदिए र तिनलाई म्वाइँ खाएर भने, “परमप्रभुले तिमीलाई आफ्ना प्रजा इस्राएलका राजा अभिषेक गर्नुहुन्छ। तिमीले उहाँको प्रजामाथि राज्य गर्नेछौ र तिनका सबै शत्रुहरूबाट रक्षा गर्नेछौ। परमप्रभुले तिमीलाई आफ्ना प्रजाको शासक चुन्नुभएको छ भन्ने कुराको प्रमाण तिमीलाई यो हुनेछ कि आज मलाई छोडेर जाँदा तिमीले दुई जना मानिसहरूलाई बेन्यामीनका इलाकाभित्र सेल्सहमा भएका राहेलको चिहाननिर भेट्नेछौ। तिनीहरूले तिमीलाई भन्नेछन् कि तिमीहरूले खोज्दैगरेका गधाहरू पाइसके र तिम्रा बुबालाई तिनको बारे होइन तर तिमीहरूको बारेमा सुर्ता भएको छ र तिनले ‘मेरो छोरोबारे म के गरूँ?’ भनी सोधिरहन्छन्? त्यहाँबाट गएर तिमीहरू तबोरको पवित्र रूखसम्म पुग्नेछौ, जहाँ तीन जना मानिसहरूलाई बेथेलमा परमेश्वरलाई बलि चढाउनका निम्ति जाँदैगरेका भेट्नेछौ। तीमध्ये एउटाले तीन वटा पाठा डोर्याएको हुन्छ। अर्काले तीन वटा रोटी बोकेको हुन्छ र तेस्रोसित दाखमद्यले भरिएको एउटा छालाको मशक हुनेछ। तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू। त्यसपछि तिमीहरू गिबामा परमेश्वरको डाँडामा जानू, जहाँ एउटा पलिश्ती छाउनी छ। सहरको ढोकामा तिमीहरूले एक हुल अगमवक्ताहरूलाई वीणा, खैँजडी, बाँसुरी र सारङ्गी बजाएर डाँडाको वेदीबाट ओर्लंदै गरेका र अगमवाणी बोलिरहेका हुन्छन्। परमप्रभुको आत्माले झट्टै तिमीलाई आफ्नो अधीन गर्नुहुनेछ र तिमीले अगमवाणी बोल्नेछौ र एक भिन्नै मानिस हुनेछौ। यी कुरा भएपछि परमेश्वरले जस्तो अगुवाइ गर्नुहुन्छ, त्यस्तै काम गर। तिमी मेरो अघि गिलगाल पुग्नेछौ। त्यहाँ म तिमीलाई भेट्नेछु र होमबलि र मेलबलि चढाउनेछु। म त्यहाँ आई तिमीलाई के गर्नुपर्छ, सो नबताएसम्म सात दिनसम्म पर्खिबस।”