१ पत्रुस 4:15-17
१ पत्रुस 4:15-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरूमध्ये कसैले पनि हत्यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैँ दुःख नभोग। तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्। किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला?
१ पत्रुस 4:15-17 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले कष्ट भोग्छौ भने, ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी, वा हस्तक्षेप गर्नेले झैं नहोस्। तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाउँ पाएकोमा परमेश्वरको प्रशंसा गर। किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ र यो यदि हामीबाटै सुरु हुन्छ भने, परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला?
१ पत्रुस 4:15-17 पवित्र बाइबल (NERV)
तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्। तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ। न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?
१ पत्रुस 4:15-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू कसैले पनि दु:ख पाउँछौ भने ज्यानमारा, चोर, अपराधी वा अर्काको काममा हात हाल्ने भएर दु:ख नपाओस्। तर ख्रीष्टमा विश्वास गरेकोले दु:ख भोग्नुपर्दा लाज नमान। तर ख्रीष्टको नाउँ लिन पाउँदा परमेश्वरलाई धन्यवाद देओ। न्याय हुने बेला भइसक्यो। न्याय परमेश्वरको आफ्नै मानिसबाट सुरु हुन्छ। हाम्रो त न्याय गरिन्छ भने परमेश्वरको सुसमाचारलाई नै विश्वास नगर्नेको झन् कस्तो न्याय होला?