१ पत्रुस 3:1-22
१ पत्रुस 3:1-22 पवित्र बाइबल (NERV)
त्यसरीनै तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्। पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्। तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो। यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने। त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन। यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ, अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ। त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ। प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन् अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।” यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।” तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ। तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्। सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने। तिमीहरूको निम्ति ख्रीष्टले सधैँको निम्ति जीवन बलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मारिनुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो। अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो। ती आत्माहरू तिनीहरू हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरूलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो। त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो। अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।
१ पत्रुस 3:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ। किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ। त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्। अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ। दुष्टताको सट्टा दुष्टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ। किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्नलाई खुल्ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!” तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर। तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्। परमेश्वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो। किनकि अधर्मीहरूलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो। उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, जसले प्राचीन समयमा आज्ञा उल्लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए; अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनरुत्थानद्वारा बचाउँदछ; ख्रीष्ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।
१ पत्रुस 3:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्वास्नी लोग्नेको अधीनमा बस्नुपर्छ। त्यसो हुँदा परमेश्वरको वचन विश्वास नगर्ने लोग्नेहरूले पनि तिमीहरूका चालचलनले गर्दा विश्वास गर्नेछन्। तिमीहरूले केही भनिरहनुपर्दैन किनभने तिमीहरूका चालचलन कति चोखो र आदरणीय छ, सो उनीहरू आफैंले देख्नेछन्। तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन, तर तिमीहरूको सुन्दरता भित्री मनको होस्, जो कहिल्यै ओइलाएर नजाने नम्र र शान्त आत्माको सुन्दरता हो र योचाहिँ परमेश्वरको सामु धेरै मोलको छ। परमेश्वरमा भर पर्ने पहिलेका भक्त स्वास्नी-मान्छेहरूले आफ्ना लोग्नेको अधीनमा रहेर आफैंलाई सुन्दरी बनाए। सारा त्यस्तै थिइन्। उनी अब्राहामले भनेका मान्थिन्, उनलाई मेरा ‘मालिक’ भन्थिन्। कुनै कुराको डर नमानी राम्रो गर्यौ भने तिमीहरू साराकै छोरीहरू हौ। लोग्नेहरूले पनि आफ्ना स्वास्नीहरू कमजोर हुन्छन् भन्ने बिर्सनुहुँदैन। तिमीहरूले उनीहरूको इज्जत राख्नुपर्छ किनभने तिनीहरूले पनि तिमीहरूको साथसाथै परमेश्वरको जीवनदान पाउनेछन्। यसरी तिमीहरूको प्रार्थनामा कुनै किसिमको बाधा नआओस् भनेर एकले अर्कासँग राम्रो व्यवहार गर्ने गर। आखिरमा भन्दछु, तिमीहरू सबै एउटै मनको र एकले अर्काको मर्म बुझ्ने हुनुपर्छ। दाजुभाइलाई झैँ एक-अर्कालाई माया गर र एक-अर्कासँग दयालु र नम्र बन। कसैले नराम्रो गर्यो भने त्यसलाई नराम्रो नगर, सराप दिँदा पनि नसराप। तर त्यसको साटो आशिष् देओ किनभने परमेश्वरले तिमीहरूलाई बोलाउनुहुँदा पनि आशिष् दिन बोलाउनुभएको थियो। धर्मशास्त्रले भन्छ, “जीवन सुखी राख्न चाहनेले र सुखको दिन खोज्नेले जिब्रोलाई नराम्रो कुरा बोल्न र मुखलाई ढाँट्न दिनुहुँदैन।” नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्ने काममा लाग्नुपर्छ किनभने प्रभुले त आफ्ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्ने गर्नुहुन्छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्छ। तिमीहरू राम्रो काम गर्न इच्छुक भयौ भने तिमीहरूलाई कसले हानि गर्छ? राम्रो काम गर्दा पनि दु:ख भोग्नुपर्यो भने तिमीहरू कति धन्यका हौ। कसैसँग नडराओ र चिन्ता नगर। तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस। तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्। नराम्रा काम गरेर दु:ख भोग्नुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छाअनुसार दु:ख भोग्नु झन् असल हो किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुर्याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो। उहाँले त्यही आत्माको शक्तिले गएर कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो। यी आत्माहरूचाहिँ नोआले जहाज बनाएका बेलामा पापबाट फर्किन्छन् कि भनेर परमेश्वरले बाटो हेर्नुभएका आत्माहरू थिए। तर तिनीहरूले परमेश्वरलाई टेरेनन्। जहाजभित्र हुने थोरै मानिस, जम्मा आठ जना मात्र पानीबाट बाँचेका थिए। यसले पानीको बप्तिस्मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्तो होइन तर यो सफा विवेकले परमेश्वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्ट मरेकोबाट बिउँतनुभएकाले बप्तिस्माले तिमीहरूलाई बचाउँछ। उहाँ बिउँतनुभएपछि स्वर्गमा जानुभयो र परमेश्वरको दाहिनेपट्टि बिराजमान् हुनुभएको छ अनि सबै स्वर्गदूत र स्वर्गका अधिकार र शक्तिहरू उहाँका अधीनमा छन्।
१ पत्रुस 3:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ। तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ। किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे। साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्। अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक। किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र? तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ। तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर। तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्। यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो। यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए। यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ। उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।