१ पत्रुस 1:3-23
१ पत्रुस 1:3-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्। आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्। यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग। तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ।

१ पत्रुस 1:3-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ। अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ; जुन पछिल्ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्वासद्वारा परमेश्वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ। सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ। आगोबाट खारिने, तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ; किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो। तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए। यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्त गर्नेछौ। आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्ट अभिलाषाअनुरूप नचल; तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ! किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।” किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ; किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन, तर दाग र खोट नभएको थुमा, ख्रीष्टको बहुमूल्य रगतले छुटकारा पाएका छौ। उहाँ संसारको सृष्टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो। उहाँद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्वास र आशा परमेश्वरमाथि छ। अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर। किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
१ पत्रुस 1:3-23 पवित्र बाइबल (NERV)
परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ। तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ। तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ। अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो। ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे। यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्। यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ। विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच। तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो। यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।” तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ। तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ। विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ। अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।
१ पत्रुस 1:3-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको प्रशंसा होस्। येशू ख्रीष्टलाई मरेकोबाट जिउँदो गराएर ठूलो दयाले उहाँले हामीलाई नयाँजन्म दिनुभयो। यसैले हामीले जिउँदो आशा पाएका छौं। साथै स्वर्गमा चाहिँ परमेश्वर पिताले कहिल्यै नाश नहुने, नबिग्रने र कहिल्यै नहराउने आशिष्हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ। विश्वास गरेकाले तिमीहरूलाई परमेश्वरको शक्तिले मुक्तिको निम्ति रक्षा गर्दछ। त्यो मुक्ति तिमीहरूका लागि तयार गरिएको छ र आखिरी बेलामा प्रकट हुन्छ। यी कुराहरूमा तिमीहरू आनन्द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्नुपरेको छ। यसको उद्देश्य तिमीहरूले गरेको विश्वास साँचो छ भनी देखाउनु हो। नाश हुन सक्ने सुनलाई पनि आगोमा खारेर शुद्ध पारिन्छ भने तिमीहरूको विश्वास त शुद्ध सुनभन्दा पनि धेरै दामी छ। यसकारण यो विश्वासलाई शुद्ध पार्न जाँचिन्छ। यसले गर्दा ख्रीष्ट देखा पर्नुहुने दिनमा तिमीहरूको मान, इज्जत र प्रशंसा हुन्छ। तिमीहरूले उहाँलाई नदेखेका भए पनि प्रेम गर्छौ र अहिले नदेखे पनि उहाँलाई विश्वास गर्छौ। अनि बयान नै गरी नसक्ने ठूलो महिमित आनन्दले तिमीहरूको हृदय भरिएको छ किनभने तिमीहरूले उहाँमा विश्वास गरेका कारण तिमीहरूले आत्माको मुक्ति पाएका छौ। तिमीहरूले पाएको यस मुक्तिको बारेमा अगमवक्ताहरूले खोजे र छानबिन गरे अनि परमेश्वरले तिमीहरूलाई दिनुहुने अनुग्रहको बारेमा अघिबाटै बताएका थिए। अगमवक्ताहरूले यो कसरी र कहिले हुन्छ भनेर जान्न खोजी गरे। ख्रीष्टका आत्माले तिनीहरूलाई ख्रीष्टले दु:ख भोग्नुहुनेछ अनि त्यसपछि ठूलो आदर पाउनुहुनेछ भनेर अघिबाटै देखाउनुभएको थियो। पवित्र आत्माको शक्तिमा अहिले सुसमाचार सुनाउनेहरूले बताएको कुरा स्वर्गबाट पठाइएका अगमवक्ताहरूले बताएका थिए। त्यस बेला अगमवक्ताहरूले गरेको यो सेवा तिनीहरूको फाइदाको लागि होइन तर तिमीहरूको लागि हो भनेर परमेश्वरले ती अगमवक्ताहरूलाई देखाउनुभएको थियो। यी कुरा स्वर्गदूतहरू पनि बुझ्न चाहन्छन्। यसकारण काम गर्न तिमीहरूको मन तयार होस्। होशियार होओ अनि प्रभु येशू आउनुहुँदा पाइने आशिष्मा नै पूरा भरोसा राख। अघि अन्जानमा हुँदाखेरिका अभिलाषाका कुराहरूले अहिले तिमीहरूको जीवन नचलाओस्, तर परमेश्वरको आज्ञा मान। तिमीहरूलाई बोलाउनुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण तिमीहरू पनि सबै कामकुरामा पूरा पवित्र होओ। धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।” प्रार्थना गर्दा तिमीहरूले परमेश्वरलाई पिता भनी पुकार्छौ। उहाँले सबै मानिसको आ-आफूले गरेको कामअनुसार पक्षपात नगरी न्याय गर्नुहुन्छ। यसैले पृथ्वीमा रहुञ्जेल उहाँको आदर गर्ने तिमीहरूको जीवन होस्। तिमीहरूले पिता-पुर्खाहरूबाट पाएका व्यर्थको चालचलनबाट तिमीहरूलाई छुट्कारा दिनुहुँदा कति ठूलो मोल तिर्नुपर्यो, तिमीहरूलाई थाहै छ। त्यो त सुन र चाँदीजस्तो नाश हुने कुरा होइन। ख्रीष्टको बहुमूल्य रगतले नै तिमीहरूलाई छुट्कारा दिएको हो। उहाँ निर्दोष र निष्खोट बलि हुने पाठो हुनुहुन्थ्यो। परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा पहिले नै उहाँलाई चुन्नुभएको थियो र तिमीहरूका लागि यी आखिरी दिनमा उहाँ प्रकट हुनुभयो। उहाँद्वारा तिमीहरूले परमेश्वरमा विश्वास गर्यौ, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो, यसकारण तिमीहरूको विश्वास र आशा परमेश्वरमा राख्दछौ। अब तिमीहरूले सत्यलाई मानेर आफ्नो मन चोखो पारेका छौ अनि दाजुभाइलाई साँचो माया गर्ने भएका छौ। एक-अर्काप्रतिको तिमीहरूको चोखो माया हृदयदेखि नै होस्। परमेश्वरको जीवित र सदा रहने वचनद्वारा तिमीहरूको नयाँजन्म भएको छ। तिमीहरू नाश हुने पिताबाटका सन्तान होइनौ, तर नाश नहुने पिताका सन्तान हौ।