१ राजाहरू 22:1-14
१ राजाहरू 22:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तीन वर्षसम्म अराम र इस्राएलको बीचमा कुनै युद्ध भएन। तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए। इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भने, “रामोत-गिलाद हाम्रो हो; र पनि हामीले त्यसलाई अरामका राजाबाट फिर्ता लिन केही पनि गरेका छैनौँ भनी तपाईंहरूलाई थाहा छैन?” यसकारण तिनले यहोशापातलाई सोधे, “के तपाईं हामीसित रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। मेरा घोडाहरू तपाईंकै घोडाहरूजस्तै हुन्।” तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।” यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरू भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले भने, “जानुहोस्, किनकि प्रभुले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?” इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्नुहुँदैन।” यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्लाका छोरा मीकायालाई लिएर आऊ।” आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए। केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्नेछौ।’ ” अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्; किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।” तर मीकायाले भने, “निश्चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्नुभएको कुरा मात्र भन्नेछु।”
१ राजाहरू 22:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि दुई वर्षसम्म इस्राएल र अरामका बीचमा लडाइँ भएन; तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए। आहाबले आफ्ना भारदारहरूलाई सोधे, “हामीले किन अरामका राजाका हातबाट गिलादको रामोत फिर्ता लिन केही गरेनौं? त्यो ठाउँ त हाम्रो हो नि?” अनि आहाबले यहोशापातलाई सोधे, “के तपाईं रामोतमाथि आक्रमण गर्न जानुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म पनि तयार छु। मेरा पैदल र घोडचढी सेनाहरू पनि तयार छन्। तर पहिले हामी परमप्रभुको इच्छा बुझौं।” आहाबले अगमवक्ताहरूलाई बोलाए। तिनीहरू ४०० जनाजति थिए। उनले तिनीहरूलाई सोधे, “म गएर रामोतमाथि हमला गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” तर यहोशापातले सोधे, “परमप्रभुको इच्छा बुझ्नलाई अर्का कुनै अगमवक्ता छैनन्?” आहाबले उत्तर दिए, “यिम्लाको छोरो मीकाया नाम गरेको एक जना अगमवक्ता त छ; तर म त्यसलाई मन पराउँदिनँ किनभने त्यसले कहिल्यै मलाई असल अगमवाणी भन्दैन, सधैँ खराब वचन मात्र भन्छ।” “तपाईंका मुखबाट यस्तो वचन निस्कनुहुन्न,” यहोशापातले उत्तर दिए। त्यसपछि आहाबले एक जना महलको अधिकारीलाई बोलाए र झट्टै गएर मीकायालाई लिई आउन आज्ञा गरे। ती दुई राजाहरू आफ्ना राजकीय पोशाक पहिरेर सामरियाको मूल-ढोकाबाहिर अन्न दाइँ गर्ने ठाउँनिर आफ्ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामुन्ने अगमवाणी भन्दै थिए। तीमध्ये एक जना केनानाको छोरो सिदकियाहले फलामका सिङहरू बनाएर आहाबलाई भने, “परमप्रभु भन्नुहुन्छ– ‘यस्ता सिङहरू लिएर अरामीहरूसित लडाइँ गरी तिनीहरूमाथि पूरा विजय गर्नेछस्।” तिनीहरू सबैले भने, “रामोतमाथि हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” त्यही बीचमा मीकायालाई बोलाउन जाने भारदारले उनलाई भने, “सबै अगमवक्ताहरूले राजालाई सफल हुनुहुनेछ भनी अगमवाणी भनेका छन् र अब तपाईंले पनि त्यसै भनिदिनुहोस्।” मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु, परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
१ राजाहरू 22:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तीन वर्षसम्म अराम र इस्राएलका बीचमा युद्ध भएन। तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजासित भेट गर्नलाई तल झरे। इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “रामोत-गिलाद हाम्रो हो भनी तिमीहरूलाई थाहा छैन, र पनि अरामका राजाबाट त्यो फिर्ता लिन हामी केही गर्दैनौं?” यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्तै हुन्।” तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।” यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमप्रभुले राजाको हातमा त्यो दिनुहुनेछ।” तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्न सक्छौं?” इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सोध्नलाई एक जना त छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवचन कहँदैनन्, तर सधैँ खराबी मात्र। तिनी यिम्लाका छोरा मीकाया हुन्।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।” तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।” इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए। केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।” अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।” मीकायालाई बोलाएर ल्याउनलाई गएको समाचारवाहकले तिनलाई भन्यो, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, राम्रो कुरा भन्नुहोस्।” तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
१ राजाहरू 22:1-14 पवित्र बाइबल (NERV)
दुइ बर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो। तब, तेस्रो बर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजालाई भेट्न गए। यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।” यसकारण राजाले राजा यहोशापातलाई सोधे, “तपाईं हामीसित सहभागी हुनुन्छ अनि आरामका सैनिकहरूको विरूद्ध रामोतामा युद्ध गर्ने छौं?” यहोशापतले उत्तर दिए, “हो, म तिमीसँग मिल्नेछु। मेरा सैनिकहरू अनि मेरा घोडाहरू तिम्रो सेनामा सामेल हुनेछन्। तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।” यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लड्नु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?” अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।” तर यहोशापातले भने, “के यहाँ अरू परमेश्वरका अगमवक्ताहरू छन्? यदि छन् भने हामीले सोध्नु पर्छ परमेश्वर के भन्नुहुन्छ।” इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।” यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!” यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्कालै खोज्नु भनी अह्राए। त्यस समयमा इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोषाकमा त्यहाँ थिए। तिनीहरू सिंहासनहरूमा बसिरहेका थिए। यो सामरियाको प्रवेशद्वारको छेऊ न्याय-आसनमा थियो। सबै अगमवक्ताहरू तिनीहरूको सामु उभिएका थिए अनि अगमवाणी गरिरहेका थिए। अगमवक्ताहरू मध्ये एकजना सिदूकिया नाउँ भएका मानिस थिए। तिनी केनानीका छोरा थिए। सिदूकियाले केही फलामका सींगहरू बनाए। तब उनले आहाबलाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तिनी यी फलामका सींगहरू अरामका सेनाको विरोधमा लडाईं गर्नमा प्रयोगगर्ने छौ। तिमीले तिनीहरूलाई परास्त गर्ने छौ अनि नष्ट पार्ने छौ।’” सबै अरू अगमवक्ताहरू सिदकियाले भनेको कुरासित सहमत भए। अगमवक्ताहरूले भने, “गिलादको रामोतमा जाऊ र लडाईँमा विजयी होऊ। अहिले प्रस्थान गर्नु पर्छ। तिनीहरूले रामोतमा अरामका सेनाको विरोधमा लडाईं गर्नुपर्छ। तिमीले लडाईं जित्ने छौ। परमप्रभुले राजालाई विजयी गराउनुहुनेछ।” यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।” तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”