YouVersion लोगो
खोज आइकन

१ राजाहरू 19:11-21

१ राजाहरू 19:11-21 पवित्र बाइबल (NERV)

तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूईंचालो शुरू भयो तर त्यो भूईंचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। भूईंचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए। जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?” एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैँ तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।” परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरुभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर। तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्। हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्। म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्बन गरेको छैनन्।” यसकारण एलियाले त्यो ठाउँ छोडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए। तत्कालै एलीशाले गोरूहरू छोडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुशरण गर्नेछु।” एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिनँ।” तब एलिशाले आफ्नो परिवारसँग बसेर विशेष भोजन गरे। एलीशा गए अनि आफ्ना गोरूहरू मारे। उनले हलोको काठको प्रयोग दाउराको रूपमा गरे अनि मासु पकाए। तब उनले यसलाई मानिसहरू माझ बाँडे अनि तिनीहरूले मासु खाए। त्यसपछि एलीशाले एलियालाई अनुशरण गर्न थाले। एलीशा एलियाका सहायका बने।

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्

१ राजाहरू 19:11-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“बाहिर गएर पर्वतको टुप्‍पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्‍नुभयो। तब परमप्रभु त्‍यहाँबाट भएर जानुभयो र एउटा प्रचण्‍ड बतास पठाउनुभयो। त्‍यसले डाँडाहरू चिर्‍यो र चट्टानहरू टुक्रा-टुक्रा पार्‍यो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतास थामियो र त्‍यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्‍नथ्‍यो। आगोपछि एउटा सानो मधुर आवाज आयो। त्‍यो सुनेर एलियाले आफ्‍नो खास्‍टोले मुख छोपे र बाहिर निस्‍केर ओडारको ढोकामा उभिए। उनले एउटा आवाज सुने, “एलिया, तँ यहाँ के गर्दै छस्?” उनले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्‍काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु! तर तिनीहरू मलाई पनि मार्ने कोसिसमा छन्।” परमप्रभुले भन्‍नुभयो, “दमस्‍कस छेउको उजाड-स्‍थानमा जा, त्‍यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्‌। निम्‍शीको छोरो येहूलाई इस्राएलका राजा र हाबिल महोलाको शाफातको छोरो एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्‌। हजाएलका हातबाट नमरी उम्‍कनेलाई येहूले मार्नेछ र येहूका हातबाट उम्‍कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजारलाई म इस्राएलमा बचाइराख्‍छु, ती सबै, जसले बालको सामुन्‍ने आफ्‍ना घुँडा टेकेका छैनन् र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्।” एलिया त्‍यहाँबाट हिंडे र एलीशालाई गोरु लिएर खेत जोतिरहेका भेट्टाए। उनको अगाडि एघार हल गोरु थिए। त्‍यसपछिको आखिरी हल उनले जोत्‍दै थिए। एलियाले आफ्‍नो खास्‍टो फुकालेर एलीशालाई ओढाइदिए। एलीशा आफ्‍ना गोरु छोडेर एलियाको पछि दगुरे र भने, “म मेरा माता-पितालाई म्‍वाइँ खाएर बिदा लिन पाऊँ र म तपाईंसित जानेछु।” एलियाले जवाफ दिए, “ठीक छ, जाऊ, मैले तिमीलाई रोकेको छैनँ।” तब एलीशाले एलियालाई छोडेर गए। उनले आफ्‍नो एक हल गोरु लिएर मारे। उनले हलोका काठहरू बालेर मासु पकाएर मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्‍यसपछि उनी एलियाको पछि लागे र उनको सेवा गर्न थाले।

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्

१ राजाहरू 19:11-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो। जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?” तिनले जवाफ दिए, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।” परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ जुन बाटो आएको छस्, त्‍यही बाटो फर्किगएर दमस्‍कसको मरुभूमिमा जा। जब तँ त्‍यहाँ पुग्‍छस्‌ तब हजाएललाई अरामको राजा अभिषेक गर्‌। तब निम्‍शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्‌। हजाएलको तरवारबाट उम्‍कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्‍कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्‍छु— ती सबै जसले बालको सामुन्‍ने आफ्‍ना घुँड़ा टेकेका छैनन्‌ र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्‌।” यसैले एलिया त्‍यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्‍ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्‍नो खास्‍टो तिनीमाथि ओढ़ाइदिए। तब एलीशाले आफ्‍ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्‍ना बुबा र आमालाई चुम्‍बन गरेर बिदा हुन दिनुहोस्‌। त्‍यसपछि म तपाईंको पछि लाग्‍नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?” तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्‍नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्‍यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्