YouVersion लोगो
खोज आइकन

१ राजाहरू 19:11-13

१ राजाहरू 19:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो। जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?”

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्

१ राजाहरू 19:11-13 पवित्र बाइबल (NERV)

तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूईंचालो शुरू भयो तर त्यो भूईंचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। भूईंचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए। जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्

१ राजाहरू 19:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“बाहिर गएर पर्वतको टुप्‍पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्‍नुभयो। तब परमप्रभु त्‍यहाँबाट भएर जानुभयो र एउटा प्रचण्‍ड बतास पठाउनुभयो। त्‍यसले डाँडाहरू चिर्‍यो र चट्टानहरू टुक्रा-टुक्रा पार्‍यो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतास थामियो र त्‍यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्‍नथ्‍यो। आगोपछि एउटा सानो मधुर आवाज आयो। त्‍यो सुनेर एलियाले आफ्‍नो खास्‍टोले मुख छोपे र बाहिर निस्‍केर ओडारको ढोकामा उभिए। उनले एउटा आवाज सुने, “एलिया, तँ यहाँ के गर्दै छस्?”

शेयर गर्नुहोस्
१ राजाहरू 19 पढ्नुहोस्