१ राजाहरू 18:42-46
१ राजाहरू 18:42-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो टाउको घुँड़ाहरूका बीचमा राखे। तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने। सातौँ पल्टमा चाकरले भन्यो, “मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ।” तब एलियाले त्यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्नेछ’।” यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्यो र ठूलो पानी पर्न लाग्यो, र आहाब आफ्नो रथमा चढ़ेर यिजरेलमा गए। परमप्रभुको शक्ति एलियामाथि पर्यो, र आफ्नो खास्टो पटुकामा लपेटेर तिनी यिजरेलसम्मै आहाबको अगिअगि बाटोमा कुदे।
१ राजाहरू 18:42-46 पवित्र बाइबल (NERV)
यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे। तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो। सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।” एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।” केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे। परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।
१ राजाहरू 18:42-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आहाब खान गएको बेलामा एलिया कर्मेल डाँडाको टुप्पोमा चढे र त्यहाँ भूइँमा घोप्टिएर आफ्ना दुई घुँडाका बीचमा टाउको हाले। तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” चाकर गयो र यसो भन्दै फर्क्यो, “मैले केही पनि देखिनँ।” सात पल्ट एलियाले त्यसलाई त्यसरी गएर हेर्न लाए। सातौँ खेपमा त्यो फर्केर आई भन्यो, “मान्छेको हातजत्रो बादलको टुक्रा समुद्रबाट आइरहेको म देख्दै छु।” एलियाले आफ्नो चाकरलाई आज्ञा गरे, “आहाब राजाकहाँ गएर भन् कि पानीले तिनलाई रोक्नुभन्दा अघि नै तिनी आफ्नो रथमा चढेर गइहालून्।” एक छिनपछि आकाश कालो बादलले भरियो, बतास चल्न थाल्यो र धेरै वृष्टि हुन थाल्यो। आहाब आफ्नो रथमा चढे र यिजरेलतिर फर्के। परमप्रभुको शक्ति एलियामा पर्यो। तिनले आफ्ना लुगा कम्मरमा बेह्रे र आहाबको अघि-अघि यिजरेलसम्मै दगुरेर गए।