YouVersion लोगो
खोज आइकन

१ राजाहरू 15:1-8

१ राजाहरू 15:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

नबातका छोरा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए, र तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबीशालोमकी छोरी थिइन्‌। तिनले पनि तिनीअघिका तिनका पिताले गरेका सबै पाप गरे। तिनको हृदय आफ्‍ना पिता-पुर्खा दाऊदको हृदयझैँ परमप्रभु आफ्‍ना परमेश्‍वरप्रति सम्‍पूर्ण रूपले भक्त भएन। तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो। किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्‍टिमा जे कुरा ठीक थियो त्‍यही गरेका थिए, र आफ्‍नो जीवन पर्यन्‍त उहाँको कुनै पनि आज्ञा उल्‍लङ्घन गरेका थिएनन्‌। अबियाको जीवनकालभरि नै रहबाम र यारोबामका बीचमा युद्ध भइरह्यो। अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो। अनि अबिया आफ्‍ना पित्रहरूसित सुते, र तिनी दाऊदको सहरमा गाड़िए। अनि तिनका छोरा आसा तिनीपछि राजा भए।

शेयर गर्नुहोस्
१ राजाहरू 15 पढ्नुहोस्

१ राजाहरू 15:1-8 पवित्र बाइबल (NERV)

अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठाह्रौं बर्षमा यस्तो भयो। अबियामले यरूशलेममा तीन बर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्। उनले त्यस्तै सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्। दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो। दाऊदले सधैँ नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सधैँ नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए। रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो। अबियामले जे काम गरे सबै नै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो। जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।

शेयर गर्नुहोस्
१ राजाहरू 15 पढ्नुहोस्

१ राजाहरू 15:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इस्राएलका राजा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए र उनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। अबीशालोमकी छोरी माका उनकी आमा थिइन्। बुबाले गरेका पापहरू सबै उनले पनि गरे र आफ्‍ना बाजे दाऊदझैँ परमप्रभुप्रति सम्‍पूर्ण रूपले भक्त रहेनन्। तर दाऊदका खातिर परमप्रभु उनका परमेश्‍वरले अबियालाई उनीपछि यरूशलेममा राज्‍य गरी त्‍यसको सुरक्षा गर्नलाई एउटा छोरो दिनुभयो। दाऊदले परमप्रभुलाई खुसी पार्ने काम गरेका थिए र हित्ती उरियाहको सम्‍बन्‍धमा बाहेक अरू सबै विषयमा उहाँको आज्ञापालन गरेका थिए। यसैकारण परमप्रभुले त्‍यसो गर्नुभएको हो। रहबाम र यारोबामका बीचमा चलेको लडाइँ अबियाको राज्‍यकालभरि पनि चलिरह्यो। अबियाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएका छन्। अबिया मरे र दाऊदको सहरमा गाडिए र उनको छोरो आसा उनीपछि राजा भए।

शेयर गर्नुहोस्
१ राजाहरू 15 पढ्नुहोस्