१ यूहन्ना 5:14-15
१ यूहन्ना 5:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ।
१ यूहन्ना 5:14-15 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ। अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्नुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग जे मागेका छौं, त्यो हामीले पाएका छौं भनी हामी जान्दछौं।
१ यूहन्ना 5:14-15 पवित्र बाइबल (NERV)
अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।
१ यूहन्ना 5:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं। हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। यो सत्य हो भनी जानेको हुनाले हामीले यो पनि जान्दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं।