YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 5:13-21

१ यूहन्‍ना 5:13-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु। परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ। यदि कसैले आफ्‍नो भाइले पाप गरेको देख्‍छ, अनि त्‍यो पापचाहिँ मृत्‍युमा पुर्‍याउने होइन भने, उसले त्‍यस भाइको निम्‍ति परमेश्‍वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्‍युमा पुर्‍याउने किसिमको छैन, त्‍यसलाई परमेश्‍वरले जीवन दिनुहुन्‍छ। तर यस्‍तो पाप पनि हुन्‍छ, जो मृत्‍युमा पुर्‍याउने हुन्‍छ, जसको निम्‍ति कसैले बिन्‍ती गरिदिनुपर्छ भनी म भन्‍दिनँ। सबै अधर्म पाप हो, तर यस्‍तो पाप पनि हुन्‍छ जो मृत्‍युजनक हुँदैन। परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन। हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ। हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ। साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 पढ्नुहोस्

१ यूहन्‍ना 5:13-21 नेपाली समकालीन संस्करण (NCV)

तिमीहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु। परमेश्‍वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्‍नुहुन्छ। अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्‍नुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग जे मागेका छौं, त्यो हामीले पाएका छौं भनी हामी जान्दछौं। यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्‍याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्‍याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्‍याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ। सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्‍याउँदैन। जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौं; परमेश्‍वरका पुत्रले उसलाई सधैं सुरक्षित राख्नुहुन्छ, अनि दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन। हामी परमेश्‍वरका सन्तान हौं, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौं। हामी यो पनि जान्दछौं, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौं भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौं; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौं। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ। प्यारा नानीहरूहो, तिम्रो हृदयमा परमेश्‍वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 पढ्नुहोस्

१ यूहन्‍ना 5:13-21 पवित्र बाइबल (NERV)

तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ। अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ। यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन। सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन। हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 पढ्नुहोस्

१ यूहन्‍ना 5:13-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्‍वरका पुत्रमा विश्‍वास गर्ने तिमीहरूलाई यो लेख्‍दै छु। परमेश्‍वरको इच्‍छाअनुसार केही कुरा हामीले माग्‍दा उहाँले सुन्‍नुहुन्‍छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं। हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ। यो सत्‍य हो भनी जानेको हुनाले हामीले यो पनि जान्‍दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं। कसैले आफ्‍नो भाइलाई मृत्‍युमा नपुर्‍याउने पाप गरिरहेको देख्‍छ भने परमेश्‍वरसित प्रार्थना गरिदेओस् र परमेश्‍वरले उसलाई जीवन दिनुहुनेछ। तर योचाहिँ मृत्‍युमा नपुर्‍याउने पाप गर्नेको लागि मात्र हो। मृत्‍युमा पुर्‍याउने पाप पनि छ। तर म तिमीहरूलाई यसको लागि प्रार्थना गर्न भन्‍दिनँ। सबै खराब काम जति पाप हो। तर सबै पापले मृत्‍युसम्‍म पुर्‍याउँदैन। परमेश्‍वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्‍वरका पुत्रले उसलाई जोगाउनुहुन्‍छ र शैतानले उसलाई हानि गर्न सक्‍दैन। यो हामीलाई थाहै छ। पूरै संसार शैतानको अधीनमा भए पनि हामीचाहिँ परमेश्‍वरका सन्‍तान हौं भनी हामीलाई थाहा छ। परमेश्‍वरको पुत्र आउनुभयो र उहाँले हामीलाई साँचो परमेश्‍वरलाई चिन्‍ने ज्ञान पनि दिनुभयो। यो हामीलाई थाहा छ। हामी उहाँका पुत्र येशू ख्रीष्‍टमा भएकोले साँचो परमेश्‍वरमा छौं। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्‍छ र यही अनन्त जीवन हो। मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 पढ्नुहोस्

१ यूहन्‍ना 5:13-21

१ यूहन्‍ना 5:13-21 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्