१ यूहन्ना 5:1-3
१ यूहन्ना 5:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।
१ यूहन्ना 5:1-3 नेपाली समकालीन संस्करण (NCV)
हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो। अनि बुबालाई प्रेम गर्ने हरेकले परमेश्वरबाट जन्मेकोलाई पनि प्रेम गर्छ। हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं भन्ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर। परमेश्वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्
१ यूहन्ना 5:1-3 पवित्र बाइबल (NERV)
प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन।
१ यूहन्ना 5:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई मुक्ति दिने राजा ख्रीष्ट भनेर विश्वास गर्ने जति सबै परमेश्वरका सन्तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ। परमेश्वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्तानलाई हामी प्रेम गर्छौं भन्ने थाहा हुन्छ किनभने परमेश्वरको आज्ञा मान्नु नै उहाँलाई प्रेम गर्नु हो। उहाँका आज्ञाहरू त्यति कठिन छैनन्