१ यूहन्ना 5:1-2
१ यूहन्ना 5:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं।
१ यूहन्ना 5:1-2 नेपाली समकालीन संस्करण (NCV)
हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो। अनि बुबालाई प्रेम गर्ने हरेकले परमेश्वरबाट जन्मेकोलाई पनि प्रेम गर्छ। हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं भन्ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर।
१ यूहन्ना 5:1-2 पवित्र बाइबल (NERV)
प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं।
१ यूहन्ना 5:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई मुक्ति दिने राजा ख्रीष्ट भनेर विश्वास गर्ने जति सबै परमेश्वरका सन्तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ। परमेश्वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्तानलाई हामी प्रेम गर्छौं भन्ने थाहा हुन्छ