YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:16-20

१ यूहन्‍ना 4:16-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:16-20 नेपाली समकालीन संस्करण (NCV)

अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौं र त्यसैमा भर पर्दछौं। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ। यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौं। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन। हामी उहाँलाई प्रेम गर्छौं, किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने, त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:16-20 पवित्र बाइबल (NERV)

अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ। यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ। जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन। हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो। यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:16-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामी आफैंले पनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको बुझ्‍दछौं र यसैमा भरोसा राख्‍छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ। प्रेममा लागिरहने मानिस परमेश्‍वरमा रहन्‍छ र परमेश्‍वर उसमा रहनुहुन्‍छ। यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्‍छ। डरले नै सजाय हुन्‍छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन। परमेश्‍वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं। कसैले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍छ र आफ्‍नो भाइलाई हेला गर्छ भने त्‍यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई कसरी प्रेम गर्न सक्‍छ?

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्