YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:12-16

१ यूहन्‍ना 4:12-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:12-16 नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एउटाले अर्कालाई प्रेम गर्‍यौं भने, परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। हामी उहाँमा जिउँछौं, अनि उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौं; किनकि उहाँले हामीलाई आफ्ना आत्मा दिनुभएको छ। अनि हामीले देखेका छौं र साक्षी दिन्छौं, पिताले संसारका मुक्‍तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। कुनै पनि व्यक्‍तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने, परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा। अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौं र त्यसैमा भर पर्दछौं। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:12-16 पवित्र बाइबल (NERV)

कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ। हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ। हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरूमा गवाही दिन्छौ। यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ। अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:12-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कसैले कहिल्‍यै परमेश्‍वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीभित्र रहनुहुन्‍छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। यसरी हामी परमेश्‍वरमा रहन्‍छौं र उहाँ पनि हामीमा रहनुहुन्‍छ भन्‍ने थाहा हुन्‍छ किनभने उहाँले हामीलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर पिताले आफ्‍ना पुत्रलाई संसारमा मुक्ति दिन पठाउनुभएको हामीले देख्‍यौं र यसैको साक्षी दिन्‍छौं। येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍ने मानिसभित्र परमेश्‍वर बस्‍नुहुन्‍छ र परमेश्‍वरमा ऊ बस्‍छ। हामी आफैंले पनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको बुझ्‍दछौं र यसैमा भरोसा राख्‍छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ। प्रेममा लागिरहने मानिस परमेश्‍वरमा रहन्‍छ र परमेश्‍वर उसमा रहनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्