१ यूहन्ना 2:7-8
१ यूहन्ना 2:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो। तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
१ यूहन्ना 2:7-8 नेपाली समकालीन संस्करण (NCV)
हे प्यारा मित्रहरूहो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो। तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बित्दैछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेको छ।
१ यूहन्ना 2:7-8 पवित्र बाइबल (NERV)
मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
१ यूहन्ना 2:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रिय भाइहरू, तिमीहरूलाई लेखेको यो आज्ञा नयाँ होइन। तर सुरुदेखि नै चलिआएको पुरानो आज्ञा हो अनि तिमीहरूले सुनेका शिक्षा नै पुरानो आज्ञा हो। तैपनि मैले लेख्न लागेका आज्ञाचाहिँ नयाँ हो। यसको सत्य ख्रीष्टमा देखा परेको छ र तिमीहरूमा पनि देखिन्छ किनभने अँध्यारो हराउँदै जाँदै छ र उज्यालो आउन थालिसकेको छ।