YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 2:22-29

१ यूहन्‍ना 2:22-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो। साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌। उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:22-29 नेपाली समकालीन संस्करण (NCV)

झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ। होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ। अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु। तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले, त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो। अब हे प्यारा साना नानीहरूहो, उहाँमा रहिरहो, जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अघि हामीले शर्माउन नपरोस्। ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने, तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठीक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:22-29 पवित्र बाइबल (NERV)

यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ। जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन। म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस। हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:22-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि झूटो को हो त? येशू ख्रीष्‍ट मुक्तिदिने राजा हुनुहुन्‍न भन्‍ने नै झूटो हो। त्‍यस्‍तो व्‍यक्ति नै ख्रीष्‍टविरोधी हो। यसले परमेश्‍वर पिता र पुत्र कसैलाई मान्‍दैन। पुत्रलाई नमान्‍नेले पितालाई नै मान्‍दैन अनि पुत्रलाई मान्‍नेले पितालाई पनि मान्‍दछ। त्‍यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्‍वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ। उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो। यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ। तर तिमीहरूमाथि चाहिँ ख्रीष्‍टले आफ्‍नो पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्‍मा रहनुभएसम्‍म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्‍माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्‍छ। उहाँले सिकाउनुभएको कुरा सत्‍य हुन्‍छ, झूटो हुँदैन। पवित्र आत्‍माले दिनुभएको शिक्षा मानेर ख्रीष्‍टमा रहने गर। मेरा बालकहरू, उहाँमा रहो र उहाँ देखा पर्नुहुँदा हामीले साहस पाउनेछौं अनि उहाँ आउनुहुने त्‍यो दिन उहाँको अघि हामीले लाज मान्‍नुपर्नेछैन। ख्रीष्‍ट धर्मी हुनुहुन्‍छ भनी तिमीहरूलाई थाहै छ। त्‍यसो हुँदा तिमीहरूले जान्‍नुपर्दछ कि परमेश्‍वरको अघि ठीक हुने काम गर्नेचाहिँ परमेश्‍वरकै सन्‍तान हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्