YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 2:18-23

१ यूहन्‍ना 2:18-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:18-23 नेपाली समकालीन संस्करण (NCV)

हे प्यारा बालकहरूहो, यो नै आखिरी घडी हो; र ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैं, अहिले नै पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौं। तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ। तर तिमीहरूको अभिषेक पवित्रजनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको छैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ। झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:18-23 पवित्र बाइबल (NERV)

मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्। तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन। यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:18-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्‍टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्‍टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्‍यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्‍ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्‍टले पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ र सत्‍य तिमीहरू सबैले जान्‍दछौ। तिमीहरू सत्‍यलाई चिन्‍दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्‍यलाई चिन्‍दछौ भनेरै लेखेको हुँ। सत्‍यबाट झूटो निक्लिँदैन भन्‍ने कुरा पनि तिमीहरूलाई थाहै छ। अनि झूटो को हो त? येशू ख्रीष्‍ट मुक्तिदिने राजा हुनुहुन्‍न भन्‍ने नै झूटो हो। त्‍यस्‍तो व्‍यक्ति नै ख्रीष्‍टविरोधी हो। यसले परमेश्‍वर पिता र पुत्र कसैलाई मान्‍दैन। पुत्रलाई नमान्‍नेले पितालाई नै मान्‍दैन अनि पुत्रलाई मान्‍नेले पितालाई पनि मान्‍दछ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्