१ यूहन्ना 1:7-8
१ यूहन्ना 1:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
१ यूहन्ना 1:7-8 नेपाली समकालीन संस्करण (NCV)
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन।
१ यूहन्ना 1:7-8 पवित्र बाइबल (NERV)
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ। यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।
१ यूहन्ना 1:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ। हामीले आफूमा पाप छैन भन्यौं भने हामी आफैंलाई धोखा दिन्छौं र हामीमा सत्य हुँदैन।