YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 1:7-10

१ यूहन्‍ना 1:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन। यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 1 पढ्नुहोस्

१ यूहन्‍ना 1:7-10 नेपाली समकालीन संस्करण (NCV)

तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 1 पढ्नुहोस्

१ यूहन्‍ना 1:7-10 पवित्र बाइबल (NERV)

परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ। यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन। तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ। यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 1 पढ्नुहोस्

१ यूहन्‍ना 1:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर उहाँ उज्‍यालोमा हुनुभएजस्‍तै हामी पनि उज्‍यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्‍छौं अनि परमेश्‍वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ। हामीले आफूमा पाप छैन भन्‍यौं भने हामी आफैंलाई धोखा दिन्‍छौं र हामीमा सत्‍य हुँदैन। तर हामीले आफ्‍ना पाप परमेश्‍वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्‍वासयोग्‍य र न्‍यायी हुनुहुन्‍छ। हामीले पाप गरेका छैनौं भन्‍छौं भने हामी उहाँलाई झूटो ठहर्‍याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 1 पढ्नुहोस्

१ यूहन्‍ना 1:7-10

१ यूहन्‍ना 1:7-10 NNRV१ यूहन्‍ना 1:7-10 NNRV१ यूहन्‍ना 1:7-10 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्