१ यूहन्ना 1:5-7
१ यूहन्ना 1:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
१ यूहन्ना 1:5-7 नेपाली समकालीन संस्करण (NCV)
यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौं, र पनि अन्धकारमा नै हिँड्छौं भने ता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
१ यूहन्ना 1:5-7 पवित्र बाइबल (NERV)
हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन। यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुशरण गरिरहेका छैनौ। परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
१ यूहन्ना 1:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो– परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन। हामी उहाँको संगतिमा छौं भनी भन्छौं, तर अन्धकारमा नै बस्छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं। तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ।