१ कोरिन्थी 6:9-11
१ कोरिन्थी 6:9-11 नेपाली समकालीन संस्करण (NCV)
के तिमीहरूलाई थाहा छैन दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन्? धोखामा नपर: यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न पुरूष स्त्री समलिङ्गीहरू, न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न ता लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाउँमा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
१ कोरिन्थी 6:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अन्याय गर्नेले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन भन्ने के तिमीहरूलाई थाहा छैन? आफैंलाई धोखा नदेओ। छाडा काम गर्ने, मूर्ति पुज्ने, व्यभिचार गर्ने, पुरुषगामी, चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन। तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ।
१ कोरिन्थी 6:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्। तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।
१ कोरिन्थी 6:9-11 पवित्र बाइबल (NERV)
अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।