१ कोरिन्थी 6:11-16
१ कोरिन्थी 6:11-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ। “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ। परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ। के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।”
१ कोरिन्थी 6:11-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ। “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ। परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्टका अङ्गहरू लिएर तिनलाई वेश्याका अशुद्ध अङ्ग तुल्याऊँ? यो कदापि नहोस्! वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्।”
१ कोरिन्थी 6:11-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ। “मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ। परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ। के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।”
१ कोरिन्थी 6:11-16 पवित्र बाइबल (NERV)
अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ। “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्। “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ। परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ। तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन। शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ।
१ कोरिन्थी 6:11-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ। कसैले भन्ला, “मैले जे गरे पनि हुन्छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्न सक्थें, “मैले जे गर्दा पनि हुन्छ।” तर म कुनै कुराको कमारो बन्न चाहन्नँ। “खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ। परमेश्वरले प्रभुलाई मरेकाबाट बिउँताउनुभयो अनि उहाँकै शक्तिले हामीलाई पनि बिउँताउनुहुनेछ। तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्यसो भए के म ख्रीष्टको अङ्गलाई लगेर वेश्याको अङ्ग बनाऊँ? यो हुनै नसक्ने कुरो हो। वेश्याकहाँ जाने वेश्यासँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले सफासँग भन्छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,”