१ कोरिन्थी 4:14-17
१ कोरिन्थी 4:14-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिनलाई हो। किनकि ख्रीष्टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्। किनकि सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता बनें। यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु। यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।
१ कोरिन्थी 4:14-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु। ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु। यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
१ कोरिन्थी 4:14-17 पवित्र बाइबल (NERV)
तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
१ कोरिन्थी 4:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूलाई लाजमा पार्न होइन, आफ्नै प्यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्लाह दिन यो लेख्दछु किनभने ख्रीष्टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु। त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु। यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्।