१ कोरिन्थी 15:57-58
१ कोरिन्थी 15:57-58 पवित्र बाइबल (NERV)
तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ। यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।
१ कोरिन्थी 15:57-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ। त्यसैकारण प्यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।
१ कोरिन्थी 15:57-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
१ कोरिन्थी 15:57-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।