१ कोरिन्थी 1:28-29
१ कोरिन्थी 1:28-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिऊन्, यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस्।
१ कोरिन्थी 1:28-29 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू; कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; किनकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।
१ कोरिन्थी 1:28-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म नै हुँ भन्नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्छ ठानेकाहरूलाई र काम नलाग्नेहरूलाई परमेश्वरले रोज्नुभयो। यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो।
१ कोरिन्थी 1:28-29 पवित्र बाइबल (NERV)
अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।