१ कोरिन्थी 1:18-25

१ कोरिन्थी 1:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो। किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।” बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र? संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो। किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌। तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो। तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ। किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:18-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्‍वरको शक्ति हो। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।” बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? किनकि परमेश्‍वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्‍वास गर्नेहरूलाई उद्धार गर्न परमेश्‍वरलाई असल लाग्यो। यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्। तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्‍टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। तर परमेश्‍वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्‍ट परमेश्‍वरको शक्ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ। किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:18-25 पवित्र बाइबल (NERV)

नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। शास्त्रमा लेखिएको छः “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु, बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो। यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

क्रूसमा भएको ख्रीष्‍टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्‍वरको शक्ति हो। यस्‍तै धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्‌को बुद्धिलाई रद्द गर्नेछु।” खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्‍डित? यस युगको तर्कशास्‍त्री खै? के परमेश्‍वरले संसारको ज्ञानलाई बेकम्‍मा बनाउनुभएन? आफ्‍नो ज्ञान-बुद्धिको शक्तिमा संसारको मानिसले परमेश्‍वरलाई चिन्‍न सक्‍नेछैन भनी परमेश्‍वरले नै आफ्‍नो ज्ञानमा ठहराउनुभयो। त्‍यसो हुँदा परमेश्‍वरले त प्रचारको मूर्ख कुराबाटै विश्‍वास गर्नेलाई बचाउन चाहनुभयो। यहूदीहरूले प्रमाणको लागि अचम्‍मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्‍छन्, तर हामीले चाहिँ क्रूसमा झुन्‍ड्याइनुभएका ख्रीष्‍टकै प्रचार गर्छौं। यहूदीहरूका लागि यो ठेस लाग्‍ने कुरो भयो अनि ग्रीकहरूका लागि यो मूर्ख कुरो ठहरियो। तर परमेश्‍वरले बोलाउनुभएका यहूदी र अन्‍य मानिसहरूका लागि चाहिँ ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र परमेश्‍वरकै ज्ञान हुनुहुन्‍छ किनभने परमेश्‍वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्‍वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्