YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:1-9

१ कोरिन्थी 1:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्‍थेनेसबाट, कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई जो ख्रीष्‍ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्‍थानमा सन्‍त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्‍टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्‍छ: परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति। ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएका परमेश्‍वरका अनुग्रहको कारण तिमीहरूका निम्‍ति म परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउँछु। किनकि हरप्रकारले, अर्थात्‌ सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ— किनकि ख्रीष्‍टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ— ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन। हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍न उहाँले तिमीहरूलाई अन्‍त्‍यसम्‍मै सुदृढ़ राख्‍नुहुनेछ। परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-9 नेपाली समकालीन संस्करण (NCV)

पावल, परमेश्‍वरको इच्छाद्वारा प्रभु ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट: कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँ पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति! परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछु। किनकि तिमीहरू उहाँमा हर प्रकारले धनी बनाइएका छौ—सब प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ। तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ। यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी छैन। उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष ठहरिन सक। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-9 पवित्र बाइबल (NERV)

पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि। कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ। हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्

१ कोरिन्थी 1:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको आफ्‍नै इच्‍छाबाट येशू ख्रीष्‍टको दूत हुन बोलाइएको म पावल र सोस्‍थेनेस भाइबाट कोरिन्‍थमा भएको परमेश्‍वरको ख्रीष्‍टिय-मण्‍डलीलाई, ख्रीष्‍ट येशूमा पवित्र बनाइएका र ख्रीष्‍टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्‍टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्‍टको नाउँ पुकार्नेहरूलाई यो लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्। तिमीहरूको लागि साथै ख्रीष्‍ट येशूमा परमेश्‍वरले तिमीहरूलाई गर्नुभएको अनुग्रहको लागि पनि म उहाँलाई सधैँभरि धन्‍यवाद चढाउँछु किनभने ख्रीष्‍टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्‍यसैले तिमीहरूमा बोल्‍ने शक्ति र सबै कुरा भन्‍न सक्‍ने ज्ञान छ किनभने ख्रीष्‍टको बारेमा दिएको गवाही सत्‍य हो भनी परमेश्‍वरले तिमीहरूमा प्रमाण गर्नुभयो। त्‍यही कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन। हाम्रा प्रभु येशू ख्रीष्‍ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्‍म दरिलो बनाउनुहुनेछ। परमेश्‍वर भरपर्दो हुनुहुन्‍छ। उहाँले नै आफ्‍ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँग रहन तिमीहरूलाई बोलाउनुभयो।

शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्