१ इतिहास 29:17
१ इतिहास 29:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा परमेश्वर, म जान्दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्दा अब मलाई आनन्द लागेको छ।
१ इतिहास 29:17 पवित्र बाइबल (NERV)
मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।
१ इतिहास 29:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म जान्दछु कि तपाईंले हरेकको हृदय जाँच्नुहुन्छ र निष्कपट मानिससित खुसी हुनुहुन्छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्ना भेटीहरू ल्याउँदा खुसी छन्, त्यो मैले देखेको छु।