YouVersion लोगो
खोज आइकन

१ इतिहास 29:11-14

१ इतिहास 29:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्‍च शासक हुनुहुन्‍छ। सारा धन-सम्‍पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्‍नो शक्ति र प्रतापले शासन गर्नुहुन्‍छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्‍नुहुन्‍छ। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं। “तथापि म र मेरा प्रजाले वास्‍तवमा तपाईंलाई केही पनि दिन सक्‍दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्‍यो त फर्काएका मात्र हौं।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ। धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं। “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:11-14 पवित्र बाइबल (NERV)

महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ। धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्। यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं। सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्