१ इतिहास 29:11-12
१ इतिहास 29:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, महानता, शक्ति, महिमा, वैभव र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्। हे याहवेह, राज्य, तपाईंकै हो; तपाईं सबैमाथि सर्वोच्च हुनुहुन्छ। धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।
१ इतिहास 29:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्छ। स्वर्ग र पृथ्वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्च शासक हुनुहुन्छ। सारा धन-सम्पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्नो शक्ति र प्रतापले शासन गर्नुहुन्छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्नुहुन्छ।
१ इतिहास 29:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईंकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्च हुनुहुन्छ। धन र मान तपाईंबाट नै आउँछन्। तपाईं नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्।
१ इतिहास 29:11-12 पवित्र बाइबल (NERV)
महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ। धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।