१ इतिहास 29:10-11
१ इतिहास 29:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईंको प्रशंसा होस्। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईंकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्च हुनुहुन्छ।
१ इतिहास 29:10-11 पवित्र बाइबल (NERV)
त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्। महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
१ इतिहास 29:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ सम्पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्! तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्छ। स्वर्ग र पृथ्वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्च शासक हुनुहुन्छ।