YouVersion लोगो
खोज आइकन

१ इतिहास 16:23-36

१ इतिहास 16:23-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवताहरूभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ। किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्‍मुख छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌। जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ।” समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌। तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्‍मुख आनन्‍दले गाउनेछन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्‍छ। यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्‍यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।” परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस्‌। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्‍तुति होस्‌।”

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:23-36 पवित्र बाइबल (NERV)

सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ। सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ। परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ। किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो। परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले त्यो ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ। परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर। परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर। उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन। पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।” समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्। तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ। परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ। परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।” परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:23-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे संसारका सारा मानिस हो, परमप्रभुको स्‍तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर। उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्‍च हुनुपर्छ। अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो। महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्‍दले उहाँको मन्‍दिर भरिएको छ। हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर। परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्‍दिरमा आओ। उहाँले आफ्‍ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्‍टो परेर दण्‍डवत् गर। हे पृथ्‍वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्‍वी आफ्‍नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्‍यो कसैले हल्‍लाउन सक्‍दैन। पृथ्‍वी र आकाशले आनन्‍द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्‍छ भनी जाति-जातिलाई भन। सागर र त्‍यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्‍यहाँ भएका हरेक कुराले आनन्‍द मनाऊन्! जङ्गलका रूखहरूले आनन्‍दले सोर मच्‍चाउनेछन्, जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुनेछ। परमप्रभुलाई धन्‍यवाद देओ किनभने उहाँ भलो हुनुहुन्‍छ; उहाँको प्रेम अनन्‍त छ। उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्‍वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्‍यवादी बन्‍न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।” परमप्रभु, इस्राएलका परमेश्‍वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्‍यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्