परमेश्वरको सेवक र येशू ख्रीष्टको प्रेरित पावलबाट—परमेश्वरका चुनिएकाहरूका विश्वासलाई बढाउन तथा भक्तिमा डोर्याउने सत्यको ज्ञानको लागि, अनन्त जीवनको आशामा अडिएको त्यो विश्वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो। अनि मलाई हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो। एउटै विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई: परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूमा अनुग्रह र शान्ति! मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो। मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्। मण्डली अध्यक्षमाथि परमेश्वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ। तिनलाई सिकाइएका विश्वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्।
तीतस 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: तीतस 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू