अब हामी यी कुराहरूको बारेमा के भन्ने त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो, के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र? परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ र? परमेश्वरले नै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। त्यसो हो भने दोष लाउने को हो त? कोही छैन, ख्रीष्ट येशू जो मर्नुभयो; त्यसभन्दा बढी, उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ जो परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ, र हाम्रो निम्ति अन्तर्विन्ती गरिरहनुभएको छ। हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःखकष्टले वा कठिनाइले वा सतावटले वा अनिकालले वा नग्नताले वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ: “तपाईंको निम्ति हामीले दिनभरि मृत्युको सामना गर्दछौं; हामी मारिनलाई लागिएका भेडाझैं तुल्याइएका छौं।” होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा, हामी विजयीहरूभन्दा पनि अझ बढी विजयी छौं। किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
रोमी 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 8:31-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू