किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु। अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ। यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ। किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु। तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? परमेश्वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।
रोमी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 7:18-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू