किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई चाहिँदो भन्दा बढी नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। किनकि जसरी हामी प्रत्येकको एउटै शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौं तथा सबै एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने, त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। यदि सेवा गर्ने वरदान छ भने, त्यसले सेवा गरोस्; यदि शिक्षा दिने हो भने, त्यसले शिक्षा देओस्; यदि उत्साह दिने हो भने, त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने, उदारतासाथ देओस्; यदि अगुवाइ वरदान हो भने, परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने, प्रसन्नतासाथ कृपा देखाओस्। प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह। एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो।
रोमी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 12:3-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू