YouVersion लोगो
खोज आइकन

प्रकाश 8:3-5

प्रकाश 8:3-5 NCV

अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो। स्वर्गदूतको हातबाट धूपको धूवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो। तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, अनि त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, अनि भुइँचालो गयो।

प्रकाश 8 पढ्नुहोस्