YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 11:1-7

भजनसंग्रह 11:1-7 NCV

याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्‍न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ, किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्‍नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्। जब जगहरू नै नष्‍ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?” याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्‍ट, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ। दुष्‍टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ। किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।

भजनसंग्रह 11 पढ्नुहोस्