YouVersion लोगो
खोज आइकन

हितोपदेश 26:4-12

हितोपदेश 26:4-12 NCV

मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ। मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो। मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो। मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो। मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो। मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो। कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ। के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।

हितोपदेश 26 पढ्नुहोस्