YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:2-9

हितोपदेश 10:2-9 NCV

अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ। अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्। ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्। धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ। हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ। इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।

हितोपदेश 10 पढ्नुहोस्