YouVersion लोगो
खोज आइकन

फिलिप्पी 1:1-13

फिलिप्पी 1:1-13 NCV

ख्रीष्‍ट येशूका सेवकहरू, पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डली सेवकहरू सबैलाई: हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। तिमीहरूलाई म जब-जब याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैं आनन्दसाथ प्रार्थना गर्दछु। किनकि सुसमाचारको काममा सुरुदेखि नै अहिलेसम्म तिमीहरूको सहभागीता रहेको छ। यो कुरामा दृढ भरोसा छ कि, परमेश्‍वर जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ। तिमीहरू सबैका निम्ति यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु, त्यसैले चाहे म कैदमा रहँदा अथवा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ। परमेश्‍वर साक्षी हुनुहुन्छ कि, ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तृष्णा गर्दछु। अनि मेरो प्रार्थना यही छ, ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। यस उद्देश्यले कि, तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। दाजुभाइ-दिदीबहिनीहरूहो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु। परिणाम स्वरूप सारा दरबारका पहरादारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ।

फिलिप्पी 1 पढ्नुहोस्