यूहन्नाले भने, “हे गुरु, हामीले एकजना मानिसलाई तपाईंको नाउँमा भूतहरू धपाइरहेको देख्यौं र हामीले त्यसलाई रोक्यौं, किनकि, ऊ हाम्रो समूहको थिएन।” येशूले भन्नुभयो, “त्यसलाई नरोक। मेरो नाउँमा शक्तिशाली कामहरू गर्ने कसैले पनि केही बेरपछि मेरो विषयमा केही नराम्रो भन्न सक्दैन, किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ। म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाउँमा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन। “अनि यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पनि पाप गर्न लगाउँछ भने, उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो। यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटेर फालिदेओे, दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा त, हात विहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ। नरकमा त तिनीहरूका कीरा मर्दैन, अनि आगो निभ्दैन। यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटेर फालिदेओ, दुई खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टा विहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ। नरकमा त तिनीहरूका कीरा मर्दैन, अनि आगो निभ्दैन। यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई झिकेर फालिदेओ। दुई आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूको लागि असल हुन्छ। नरकमा त, “ ‘तिनीहरूलाई खाने कीरा मर्दैन, अनि आगो निभ्दैन।’ हरेकलाई नुनमा हालेझैं आगोमा हालिनेछ। “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने, तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नूनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
मर्कूस 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:38-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू