सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्नुभएन।
मर्कूस 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 15:16-23
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
8 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू