YouVersion लोगो
खोज आइकन

मत्ती 16:13-17

मत्ती 16:13-17 NCV

जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसका पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना; कसैले एलिया भन्छन्; अनि अझ अरूले चाहिँ यर्मिया अथवा अगमवक्‍ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।” येशूले जवाफ दिनुभयो, “योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।

मत्ती 16 पढ्नुहोस्