YouVersion लोगो
खोज आइकन

मत्ती 15:1-9

मत्ती 15:1-9 NCV

अनि यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे, “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानुअघि आफ्ना हात धुँदैनन्।” येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूले चाहिँ आफ्ना परम्पराको निम्ति किन परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ? किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्ना बुबाआमालाई आदर गर’ अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ त्यो मारिनुपर्छ।’ तर तिमीहरू भन्छौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने, त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ। तिमी कपटीहरू! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ ”

मत्ती 15 पढ्नुहोस्